Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 158:18:55
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • Nepal Update: 19 killed in Trishuli bus crash and curfew in Gaur after communal tensions - नेपाल अपडेट: त्रिशूलीमा बस खस्दा १९ जनाको मृत्यु र गौरमा साम्प्रदायिक तनाव रोक्न कर्फ्यु

    24/02/2026 Duration: 10min

    Nineteen people have died after a packed bus heading from the resort city of Pokhara to Kathmandu plunged off the Prithvi highway and crashed on the banks of the Trishuli river. Listen to the latest weekly update from Nepal, including communal tensions in Gaur that led to a curfew, authorities asking health institutions to report injuries from Gen Z protests and Nepal’s seven-wicket win over Scotland in the ongoing men's T20 World Cup. - पोखराबाट काठमाण्डू जाँदै गरेको बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। बस सडकबाट तल खसेर त्रिशूली नदीको किनारमा पुगेको बताइएको छ। यस लगायत, गौर नगरपालिमा साम्प्रदायिक तनाव सुरु भएर ठुलो आकार लिँदै गएपछि त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालयद्वारा कर्फ्यु आदेश, जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण तत्काल उपलब्ध गराउन सरकारको स्वास्थ्य संस्थाहरूलाई निर्देशन र जारी टी२० विश्वकप अन्तर्गत गत मङ्गलवार आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

  • ‘People used to be arrested for carrying Lhosar pamphlets!' - 'ल्होसारको पर्चा बोकेर हिँड्दा पनि समातेर थुन्थ्यो!'

    24/02/2026 Duration: 11min

    The Tamang community welcomed the Year of the Horse by celebrating Sonam Lhosar on January 19 this year. Our Nepali correspondent spoke with cultural researcher Ajitman Tamang about the history of the festival, its cultural significance from diverse perspectives and the meaning of the Year of the Horse. - अस्ट्रेलिया, नेपाल लगायत संसारभर छरिएका तामाङ समुदायले सोमवार, ज्यानुअरी १९ मा सोनाम ल्होसार मनाउँदै घोडा वर्षको स्वागत गरेका थिए। तामाङ समुदायको नयाँ वर्ष र यसको सांस्कृतिक महत्त्वबारे विभिन्न कोणबाट अनुसन्धान गर्दै आएका संस्कृतिविद् अजितमान तामाङसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Tuesday, 24 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २४ फेब्रुअरी २०२६

    24/02/2026 Duration: 03min

    Listen to the latest top news from Australia in Nepali, including Greens senator David Shoebridge's calls for the Australian children and wives of dead or jailed I-S group fighters to be repatriated, as the Coalition ratchets up efforts to block their return. - इस्लामिक स्टेट समूहका मृत वा जेलमा रहेका लडाकुहरूका अलपत्र परेका अस्ट्रेलियन सन्तान र श्रीमतीहरूलाई सिरियाबाट स्वदेश फिर्ता गरिन ग्रीन्स सेनेटर डेभिड शुब्रिजको माग लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepali national footballer Anjila Subba stars in her own biopic - गोलपोस्टदेखि सिनेमाको पर्दासम्म: एन्जिला सुब्बाको नजरमा नेपाली महिला फुटबलको भविष्य

    23/02/2026 Duration: 11min

    Nepali national women’s goalkeeper Anjila Tumbapo Subba is currently visiting Australia. She recently starred in her biopic, 'Anjila'. SBS Nepali spoke to Subba at the 27th Gurkha Nepalese Community (GNC) Cup in Sydney about her Australia tour, football career and journey from goalpost to silver screen. - राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताहरूमा प्रदर्शन गरेर चर्चा कमाएकी एन्जिला तुम्बापो सुब्बा यति खेर अस्ट्रेलिया भ्रमणमा छिन्। नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर सुब्बाको जीवनमा आधारित भएर हालै मात्र एक चलचित्र पनि निर्माण भएको छ। 'अन्जिला' नामक उक्त चलचित्रमा आफ्नो भूमिकामा उनी आफैले अभिनय पनि गरेकी छन्। सिड्नीस्थित गोर्खा नेप्लिज कम्युनिटी(जीएनसी)ले आयोजना गरेको २७ औँ जीएनसी कपका खेलहरू हेर्न पुगेकी सुब्बासँग उनको अस्ट्रेलिया भ्रमण, खेल जीवन र गोल मैदानदेखि सिनेमासम्मको यात्राका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Australian weather update for Tuesday, 24 February 2026 - मङ्गलवार, २४ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    23/02/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Cafes and restaurants in Australia are closing in record numbers: How are business owners surviving? - रेस्टुरेन्ट र क्याफेहरू सङ्कटमा: अस्ट्रेलियाका यी व्यवसायीले आफूलाई कसरी टिकाइराखेका छन्?

    23/02/2026 Duration: 06min

    Australian restaurants and cafes are in crisis, according to a new report. Rising costs and falling revenue have forced one in ten food service outlets to close over the past year. However, one Australian couple has found ways to survive and thrive. - एक नयाँ रिर्पोटले अस्ट्रेलियाका रेस्टुरेन्ट र क्याफेहरू सङ्कटमा रहेको देखाएको छ। बढ्दो लागत र घट्दो आम्दानीका कारण गत वर्ष १० मध्ये एक क्याफे बन्द हुन पुगेको बताइन्छ। अस्ट्रेलियामा क्याफे लगायतका खाना सम्बन्धी व्यवसायीहरूले आफ्नो व्यवसायलाई टिकाउन के गरिरहेका छन् त? एक रिपोर्ट।

  • Nepal Election: What do first-time voters want? - पहिलो पटक भोट हाल्ने युवाहरू के चाहन्छन्?

    23/02/2026 Duration: 15min

    Ahead of the March 5 elections, our Nepal correspondent Pratichya Dulal spoke with first-time voters about their expectations from the upcoming polls. - मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनबाट रहेका अपेक्षाहरू बारे पहिलो पटक भोट हाल्न लागेका विभिन्न क्षेत्रका मतदाताहरूसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Monday, 23 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २३ फेब्रुअरी २०२६

    23/02/2026 Duration: 03min

    Listen to the latest top news from Australia in Nepali, including The Albanese government announced reforms to make sure Australians get better results out of their superannuation and a more secure retirement. - सङ्घीय सरकारले सुरक्षित अवकाश जीवन सुनिश्चित गर्न सुपरएनुएसनमा सुधारको घोषणा गरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • सोमवार, २३ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    22/02/2026 Duration: 02min

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • How to recover from bushfires - अस्ट्रेलिया बुझ्नुहोस्: डढेलो पछि पुन: सामान्य जीवनमा कसरी फर्कने?

    22/02/2026 Duration: 12min

    Australia’s hot, dry climate and unique landscapes make it one of the most bushfire-prone countries in the world. As climate change drives higher temperatures and drier conditions, we can expect more frequent and more intense bushfires in the future. But once the fire is out, how do you return home safely, find support, and look after yourself? - अस्ट्रेलियाको तातो र सुख्खा मौसम तथा अनौठा प्राकृतिक भूभागहरूका कारण यो विश्वका ती देशहरूमध्ये पर्छ, जहाँ ‘बुशफायर’ वा डढेलोको जोखिम धेरै छ। जलवायु परिवर्तनका कारणले बढ्दो तापक्रम र जमिनमा सुख्खापन बढिरहेको हुँदा, भविष्यमा डढेलो बारम्बार लाग्ने र तीव्र रूपमा हुने सम्भावना छ तर आगो निभेपछि सुरक्षित रूपमा घर कसरी फर्किने, आवश्यक सहयोग कहाँबाट पाउने र आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण बन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आपत्कालीन उद्धारदेखि लिएर दीर्घकालीन रूपमा पुनः स्थापनासम्मका लागि चाल्नुपर्ने अत्यावश्यक कदमहरूका बारेमा विशेषज्ञहरूको सल्लाह र सुझावका बारेमा चर्चा गरेका छौँ।

  • आइतवार, २२ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    21/02/2026 Duration: 02min

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • शनिवार, २१ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    20/02/2026 Duration: 02min

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Nepal elections: This is what Nepalis in Australia say - नेपालको चुनावका बारेमा के भन्छन् अस्ट्रेलियाका नेपालीहरू?

    20/02/2026 Duration: 10min

    Ahead of Nepal's March 5 general elections, SBS Nepali spoke with Nepali community members in Melbourne about their views, expectations and key priorities for the polls. Listen to our conversation with community members at the Shivaratri celebration organised by the Australian Nepali Multicultural Centre (ANMC) on Sunday, February 15. - मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)को आयोजनामा गत आइतवार, फेब्रुअरी १५ मा भएको शिवरात्रि कार्यक्रममा सहभागी नेपाली समुदायका केही सदस्यहरूसँग नेपालमा आउँदो मार्च ५ मा हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उनीहरूको धारणा, चुनाव पछि बन्ने नयाँ सरकारले दिनु पर्ने प्राथमिकता लगायतका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Friday, 20 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २० फेब्रुअरी २०२६

    20/02/2026 Duration: 03min

    Listen to the latest top news from Australia in Nepali, members of Sydney’s Muslim community urging Senator Pauline Hanson to visit Lakemba during Ramadan and better understand the area, after remarks they say have fuelled division. - सिड्नीका मुस्लिम समुदायद्वारा सेनेटर पअलिन ह्यान्सनलाई रमदानको समयमा लकेम्बा भ्रमण गर्न आग्रह लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Friday, 20 February 2026 - शुकवार, २० फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    19/02/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • NSW Parliament tackles 'a deeply concerning convergence of extremism' - कडा कानून कि सामुदायिक मेलमिलाप - अस्ट्रेलियामा अतिवादको समाधान के?

    19/02/2026 Duration: 07min

    Religious leaders and academic experts have faced a New South Wales parliamentary inquiry into a proposed law to combat right wing extremism. This, as the state government introduced the crime amendment bill following a neo-nazi protest outside state Parliament in November last year. The Law and Safety committee have been investigating the risks posed by certain groups, and are looking into the best ways to counter it. - दक्षिणपन्थी अतिवाद नियन्त्रण गर्न प्रस्तावित कानूनबारे न्यु साउथ वेल्सको संसदीय छानबिनमा विभिन्न धर्मगुरु र शैक्षिक विज्ञहरू यस हप्ता सहभागी भएका छन्। गत नोभेम्बरमा राज्यको संसद भवन अगाडी भएको एक नाजी समर्थक र्‍याली पछि सरकारले अपराध सम्बन्धि उक्त विधेयकमा संशोधनको प्रस्ताव गरेको थियो। कानून संशोधनका साथसाथै प्रभावकारी उपायहरूबारे छलफल गरिएको छ। एक रिपोर्ट।

  • SBS Nepali Australian News Headlines: Thursday, 19 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १९ फेब्रुअरी २०२६

    19/02/2026 Duration: 03min

    Listen to the latest top news from Australia in Nepali, including new figures showing that wages are failing to keep pace with the rate of inflation. - एक नयाँ तथ्याङ्कले अस्ट्रेलियामा तलब वृद्धि र महँगी दरका बिचमा तालमेल नमिली रहेको देखाएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • अस्ट्रेलियामा ‘आलुमा पीएचडी’ गर्दै नेपाली विद्यार्थी

    18/02/2026 Duration: 12min

    होबार्टमा बसोबास गर्दै आएकी रोनिका थापा आलुमा लाग्ने रोग ‘पिङ्क रट्’ माथि पीएचडी गर्दै छिन्। बुधवार, फेब्रुअरी ११ मा रहेको वार्षिक विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस वर्ष हामीले युनिभर्सिटी अफ टास्मेनियामा अध्ययनरत थापासँग अस्ट्रेलियामा पढ्ने योजना, छात्रवृत्तिको प्रक्रिया र विज्ञानमा महिला सहभागिता लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।

  • Australian weather update for Thursday, 19 February 2026 - बिहीवार, १९ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    18/02/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • SBS Nepali Australian News Headlines: Wednesday, 18 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १८ फेब्रुअरी २०२६

    18/02/2026 Duration: 02min

    Listen to the latest top news from Australia in Nepali, including the Law Enforcement Conduct Commission asking members of the public to upload any footage or photo evidence they may have of the demonstration during Israeli President Isaac Herzog's visit in Sydney. - इजरेली राष्ट्रपति आइजाक हर्जोगको अस्ट्रेलिया भ्रमणका क्रममा सिड्नीमा भएको प्रदर्शनको कथित प्रहरी दुर्व्यवहारका फोटो र भिडियोहरू भएमा प्रदान गर्न प्रत्यक्षदर्शीहरूलाई अनुसन्धानकर्ताहरूको आग्रह लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

page 8 from 64