Synopsis
Podcast by SABSCAST (Sabeena Karki)
Episodes
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 1st, 2018
01/02/2018 Duration: 50min"मलाई त तिमीसंग रिसाउनपनि आउँदैन, खै कसरी तिमीलाई यति धेरै माया गर्न पुगें होला.."
-
सुमधर नेपाली युगल गीतहरु
31/01/2018 Duration: 01h54min"आँखाबाट खसेको आँशु मायाको निशानी हो, बुझ्यौ भने त्यो मोती हो, बुझेनौ भने बस् पानी हो.." गीतसंगीत पनि कुनै गीत कसैका लागि सामान्य धून हो, कसैका लागि त्यही मनको मल्हम! आज हामीले धेरै श्रोताले रुचाउनुभएको सुमधर नेपाली युगल गीतहरु लिएर आएका छौं! डाउनलोड गरेर मोबाइलमा पनि राख्न मिल्छ है!
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 25th, 2018
25/01/2018 Duration: 43min"सारा दुनियाँ रिसाओस मसँग, केही मतलब छैन बस् एक तिमी रिसाउँदा भने मन तड्पिन्छ.." आयो है अर्को बबाल एपिसोड! कस्तो लाग्यो लेख्न नभुल्नुस ल~~
-
देशप्रेमले ओतप्रोत नेपाली राष्ट्रिय गीतहरु
24/01/2018 Duration: 02h15minटाढा रहेर पनि निस्वार्थ देशको माया गर्ने तपाईँ सबैले आफ्नो मोबाईलमा डाउनलोड गरेर राख्नोस ल! देशको मायाले मुटु छुँदा असाध्यै काम लाग्छ।
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 18th, 2018
18/01/2018 Duration: 43min"कोई यस्तो होस् जसले मुटु छुने अँगालो हालेर भनोस् -तिम्रो पीडा देखेर मलाई सार्है गाह्रो हुन्छ...." सुन्नुहोस् अर्को अंक जसमा अहिलेका सुपरहिट रोमान्टिक गीत त छंदैछन् साथमा मायाकै जादू :)
-
लोकलयमा आधारित लोकप्रिय नेपाली गीतहरु
17/01/2018 Duration: 02h11minहिमाल, पहाड र तराईका कुनाकन्दराबाट टपक्क टिपेर, त्यसलाई उनेर, बुनेर सजाईएका गीतहरु नेपाली सँगीताकाशमा सबैभन्दा लोकप्रिय बनेका छन। समय र परिस्थितिसँगै परिष्कृत ती लोकलयमा आधारित गीतहरुको धडकन त्यसले अनुभूत गर्छ जसले यही माटोमा खेलेको छ। जहाँ उसको उत्पत्तिस्थल हो त्यहीँको गाथा गाईएका यस्ता सृजनाले हरेकको मन छोएकै हुन्छ। तसर्थ, हामीले पनि लोकलयमा आधारित सर्वाधिक रुचाईएका गीतहरुको मूठो यहाँ राखेका छौँ । सुन्नोस, सुनाउनोस, रम्नोस अनि जति सकिन्छ बाड्नोस ल?
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 18th, 2017
11/01/2018 Duration: 41min"कस्तो जाडो छ, वरिपरि केही छैन, आऊँ एकअर्कालाई नै ओडौ हामी".. र मस्तले मायाको पोड्काष्ट सुनौंपनि :)
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 4th, 2018
04/01/2018 Duration: 41min"जबपनि माया भन्ने शब्द आउँछ, अनुहार तिम्रो नै आँखाअघि आउँछ" नमस्कार! सुन्नुहोस् अनि कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस् है!
-
नेपालका चर्चित पुनर्गायन रिमिक्स गीतहरु
03/01/2018 Duration: 01h47minआनन्दले सुन्नुहोस् नेपाली रिमिक्स गीतहरु! डाउन-लोड गर्न पनि मिल्छ!
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Dec 28th, 2017
28/12/2017 Duration: 38minदुनियाँको सबैभन्दा सुन्दर सम्बन्ध त त्यो हो जहाँ एउटा हल्का मुस्कान र सानो माफीले नै जिन्दगी फेरि पहिला जस्तो नै बन्छ!
-
वियोगान्त चर्चित नेपाली गीतहरु
27/12/2017 Duration: 02h34minयो हप्ता हामीले लिएर आएका छौं नेपाली सांगीतिक क्षेत्रमा अत्यन्तै रुचाइएका ३० वटा वियोगान्त गीतहरु! तपाईंले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नुहुन्छ!
-
नेपाली ख्रीष्टमस गीतहरु
24/12/2017 Duration: 01h25minक्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । नेपालको ख्रीष्टियन इतिहास ४०० वर्षभन्दा पुरानो छ । राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए । हाल देशभर १२ हजराभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको ख्रीष्टियन महासंघले जनाएको छ । यही अवसरमा हामीले लिएर आएका छौं नेपाली ख्रीष्टमस गीतहरुको सँगालो जुन तपाईंले डाउनलोड पनि गर्न सक्नुहुन्छ। Merry Christmas!
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Dec 21st, 2017
21/12/2017 Duration: 46min"म यो त भन्दिन कसैले तिम्रो लागि प्रार्थना नै नगरोस् बस् म यति चाहन्छु कसैले तिमीलाई पाउँ भनेर चाहिं प्रार्थनामा नमागोस्"..
-
सुपरहीट रोमान्टिक नेपाली गीतहरु
20/12/2017 Duration: 02h14minनेपाली सांगीतिक क्षेत्रका हजारौं सुपरहीट नेपाली गीतहरु मध्येबाट हामीले यहाँ ३० वटा गीतहरु समेटेका छौं! तपाईंले डाउनलोड गरेर मोबाइलमा पनि सुन्न सक्नुहुन्छ है!
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Dec 14th 2017
14/12/2017 Duration: 42minउसले तपाईंलाई सम्झिएको छ वा छैन था पाउनोस् आज :)
-
बिदेशीले गाएका उत्कृष्ट नेपाली गीतहरु
13/12/2017 Duration: 02h17min(सुन्न र मोबाइलमा डाउनलोड गर्न सक्नुहुन्छ गीत संगीतलाई देशका सीमानाहरुले बाँध्न सक्दैन। न त भाषाको परिधिभित्र कुनै लय र राग सिमित हुन्छन। विश्वीकरणको युगमा प्रतिभा, साधना र लगाव जताततै सह्रानिय नै हुन्छ। नेपाली गीत संगीतले पनि कयौं त्यस्ता महान गायक गायिका पाएको छ जसको जन्म नेपालमा भएन तर उनीहरुका आवाज नेपाली आकाशमा संधै तरंगीत छ।
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Dec 7th, 2017
07/12/2017 Duration: 37minभोट हालेर आइयो, अब चट्ट मायाका कुरा गरिन्छ! सुन्नुहोस है, मायाको जालमा फस्न मनलाग्ने एपिसोड छ :)
-
नेपाली संगीताकाशका विवादित १० गीतहरु
06/12/2017 Duration: 48minइतिहासका विभिन्न कालखण्डहरुमा नेपाली संगीतक्षेत्रले आरोह अवरोहहरु सहनु परेको थियो। कहिले राजनैतिक व्यवस्था परिवर्तनको नाममा त कहिले सामाजिक सांस्कृतिक आरोपमा सृजनाहरु उपर प्रहारहरु भैरहे। तर, कला र विलक्षणता ढुङ्गा खोपेरै पनि उम्रन्छ भने जस्तै ती प्रहारहरुको सामना गर्दै कालजयी बनेका केही गीतहरु पस्केका छौं।
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 30th 2017
30/11/2017 Duration: 44min"जन्म र मृत्यु ईश्वरको हातमा छ! मान्छेको हातमा त मात्रै मोबाइल छ" :) अब त्यही मोबाइलमा चट्टसंग सुन्नुहोस् यो हफ्ताको ताजा एपिसोड! कस्तो लाग्यो लेख्नुस ल अर्को हफ्ता पढेर सुनाउनेछु!
-
हेमन्त ऋतुको चिसो भगाउने उत्कृष्ट २० नेपाली गीतहरु
29/11/2017 Duration: 01h27minयो ठिर्याउने चिसोमा आफ्नो मायालुको अंगालोमा बाँधिदै न्यानो साटासाट गर्न हामीले २० वटा गीत पस्केका छौं! तपाईंले डाउनलोड गरेर आफ्नो मोबाइलमा आनन्दले सुन्नपनि सक्नुहुन्छ है! Image Credit: Nepali Movie (Ma Timro Bhaisake)