Sbs Nepali -
SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - २)
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:15:17
- More information
Informações:
Synopsis
‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा भने नेप्लिज एसोसिएसन अफ टुवुम्बाका अध्यक्ष धिरज दाहाल, हाल शिक्षण पेशामा आवद्ध रहेका रामप्रसाद आचार्य तथा नर्स सन्ध्या फुयाँलको टुवुम्बा बसाइँ बारेका अनुभवहरू सुन्नेछौँ।