Synopsis
Podcast by SABSCAST (Sabeena Karki)
Episodes
-
एक अद्भुत संयोग, किन पञ्चमी र पूर्णिमा एकै दिन
26/07/2017 Duration: 14minआगामी श्रावण १३ गते शुक्रबार एकैदिन नागपञ्चमी र जनै पूर्णिमा मनाइदैंछ! आखिर कस्तो संयोग हो यो?? नागपञ्चमी र जनैपूर्णे गर्ने विधि र मन्त्र कस्ता? कालसर्प योग के हो? बिस्तारमा सुन्नुहोस् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम संगको कुराकानी!
-
सच्चा स्रष्टालाई सम्मान गर्नेछौं, पहिरन जानबुझ नै फरक पारिएको हो-दीपकराज गिरी
25/07/2017 Duration: 05min"ए दाजु नसमाऊ नाडीमा"- यो गीतको विवादबारे के भन्छन् चलचित्र छक्का पन्जा २ का कलाकार एवं निर्माता दीपकराज गिरी!
-
Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, July 20th, 2017
20/07/2017 Duration: 01h02s-केटाहरुले के गर्दा मन पग्लन्छ? -मायामा यस्ता आशा नराख्नुस् -कहाँ अस्ट्रेलियाको हीरा, कहाँ गाउँको झुसिलकिरा -मागी विवाह यसकारण राम्रो -केहि कथाहरु, मायाका गीतहरु -पूरै सुन्नुहोस् र मायामा एकैछिन भएपनि हराउनुहोस्!
-
Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, July 13th, 2017
13/07/2017 Duration: 01h04min-हनिमून कहाँ जाने? -ब्रेक अप हुँदा कस्तो हुन्छ? -उसले मायाले बोलाउने नामको अर्थ? -एक सेनाकी श्रीमतीको मर्मस्पर्शी कथा -मयूरले सिकाउँछ मायाको पाठ -विदेश बस्नेको मनको पीडा (विन्नर पोस्ट) नयाँ नेपाली रोमान्टिक गीतहरु! एक घण्टा सबै बिर्सेर मजा !!
-
अर्ग्यानिकमा जाँदा नेपाली चियाको भविष्य उज्ज्वल
10/07/2017 Duration: 24minईलामको एक चियाबारीमा म्यानेजेरसंगको कुराकानी!
-
दुख बुझेकोले ऊ सफल छ-आनी छोइङ्ग डोल्माका गुरु
09/07/2017 Duration: 10minगुरु पूर्णिमाको पावन अवसर पारेर गायिका एवं समाजसेवी आनी छोइङ्ग डोल्माका गुरुसँग गरिएको छोटो कुराकानी!
-
Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, June 29th, 2017
29/06/2017 Duration: 57min-सही पार्टनर छानेको थाहा पाउने संकेत -अधिकांश केटाहरुले केटीहरु बारे गर्ने गुनासा -आफ्नो पार्टनरलाई कहिल्यै सहयोग गर्नु हुन्न थाहा पाउनोस् किन -उसलाई आकर्षित पार्न त्यही एक कुरा भए हुन्छ -दुईटा कथाहरु पनि छन् अनि नयाँ रोमान्टिक गीतहरु भैहाले! सुन्नुहोस, मस्त हुनुहोस्, कस्तो लाग्यो लेख्नोस् है!
-
फ्याँकिएको बम जसले हातैले समाए
28/06/2017 Duration: 08minआज बिहान साँढे नौ बजे दाङ्को तुलसीपुर उपमहानगरपालिकाको वडा न ३ स्थित प्रतापकोट, अम्बासको घटना जसले प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई एकाएक चर्चामा ल्यायो! रानाको साहसलाई चौतर्फी प्रशंसा मिल्यो! सुन्नुहोस् उनीसंग गरिएको छोटो कुराकानी!
-
"विविधतामा एकता नेपालीको पहिचान, ईद मुबारक"
26/06/2017 Duration: 01h01minईदको अवसर पारेर नेपालको सबैभन्दा ठूलो मस्जिदका अध्यक्ष अब्दुल सलिमसंग गरिएको कुराकानी! इद, रोजा, नमाज, कुरानको बारेमा बिस्तारमा साथै नेपाली मुस्लिम, त्यसको इतिहास, फरकपन, सम्बन्ध लगायत धेरै विषयमा हामीले कुरा गरेका छौं!
-
महिनाको डेढदेखि दुई लाख त सजिलै बच्छ!
25/06/2017 Duration: 16minधरानको घण्टाघर छेऊ एउटा गाडीमा रेस्टुरेन्ट चलाइरहेका पूर्ण राई! नौं वर्ष कोरियामा बसेरपनि भविष्य नदेखेपछि नेपाल फर्किए! अहिले व्यवसायबाट युवालाई रोजगारी त दिएका छन् साथमा महिनाको डेढदेखि दुई लाख चोखै बचाउँछन्! सुन्नुहोस् उनको कथा! विशेषगरि कुनै व्यवसाय गर्न चाहनुहुन्छ भने झन् काम लाग्न सक्छ!
-
Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, June 22nd, 2017
22/06/2017 Duration: 54min-कस्तो संकेत देखियो भने उसले तपाईंलाई अन्तिम समयसम्म माया गरिरहनेछ -उसले प्राणभन्दा प्यारो गरोस् भन्ने लाग्छ भने गर्नुस् यी कुरा -कस्तो हुन्छ पर्फेक्ट सम्बन्ध -दुईटा कथा अनि नयाँ रोमान्टिक नेपाली गीतहरु! आनन्दले एक्लै बसेर हेडफोन लगाएर सुन्नुहोला.. Happy Listening!
-
मान्छे मान्छेको मन मिले संसार एक बन्ला, सुखदुखमा साथ रहे स्वर्ग यहिँ बन्ला- शान्ति ठटाल
21/06/2017 Duration: 40min१९६५ मा राजा महेन्द्रको निमन्त्रणामा हामी चारजना दार्जीलिंगबाट नेपाल आयौं। एक दिन हामी घुम्दा-घुम्दा पसिनै पसिनै भएर रेडियो नेपाल हेर्न पुग्यौं। एकैचोटी गीत गाउने प्रस्ताव आयो। एक त भोको, अर्को थकित गीत गाउने सोचिएकै थिएन। त्यतिबेला हार्मोनियम पनि बजाउन निषेध रहेछ, मलाई फेरि हार्मोनियम नभै गाउनै मन नलाग्ने। त्यतिबेला मेरो हातमा थमाइयो- "सम्हालेर राख संगालेर राख" सुन्नुहोस् आधुनिक नेपाली संगीतको प्रारम्भकालमै आफ्नो उपस्थितीको अमिट छाप छाडेका अग्रज गायक एवं संगीतकारको लहरमा पर्ने शान्ति ठटाल संगको कुराकानी!
-
अर्काको भूमि हो संघर्ष त गर्नैपर्छ, गाह्रो हुन्छ आफ्नो देश छोडेपछि..!!
20/06/2017 Duration: 11minनेदरल्याण्डको राजधानी एम्स्टरड्यामको "सबवे"मा काम गरिरहेका रहेका एक नेपाली जोडी भेटिए! सुन्नुहोस् हाम्रो छोटो कुराकानी!!
-
Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, June 15th, 2017
15/06/2017 Duration: 54minरोइरहेको प्यारो मान्छेलाई के भनेर फकाउने?? अनि अरु धेरै मायाका कुराहरु.. सुन्नुहोस मजाले!!
-
एनआरएनएद्वारा नागरिक छात्रवृत्ति कोष
14/06/2017 Duration: 01h12minगैरआवासीय नेपाली संघ (एनआरएनए), थाइल्यान्डले ३५ लाख ८९ हजार ९ सय ९९ रुपैयाँको अक्षय कोषबाट ‘नागरिक छात्रवृत्ति’ स्थापना गरेको छ । कोषले प्रत्येक वर्ष ८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । समारोहमा प्राविधिक दक्ष विद्यार्थीका लागि अन्तर्राष्ट्रिय महासंघसमेत घोषणा गरियो । Listen to the full event.
-
Looking forward for Life Changing Experience In Laprak
14/06/2017 Duration: 06min41 IAESTE scholars from 30 different universities from 23 Countries. They are skilled engineers and will be leaving for Laprak Project (Gorkha) where NRNA is constructing 573 homes for the earthquake victims. We salute our scholars for the guts and the dedication. WE wish them all the luck too.
-
नयाँ शक्तिको एक वर्षे समिक्षा, बाबुराम र करिष्मा
13/06/2017 Duration: 09minListen to what Actress Karishma has to say about her political experience in the first anniversary of NAYA SHAKTI Party.
-
नयाँ शक्तिको एक वर्षे समिक्षा, बाबुराम र करिष्मा
13/06/2017 Duration: 10minListen to what Dr. Baburam Bhattarai has to say about his first year of NAYA SHAKTI Party.
-
लाइफटाइम अवसर हो, अप्प्लाई गर्नुहोस्-IAESTE Scholarship
13/06/2017 Duration: 19minनेपाली विद्यार्थीहरु पनि छात्रवृत्तिमा विदेश गएर पढ्ने अवसर छ तर यो अवसरबारे धेरैलाई थाहै छैन! आफू सुन्नुहोस, अरुलाई सुनाउनुहोस्! यो कसैको लागि जीवन परिवर्तन गर्ने अवसर बन्न सक्छ!
-
ढिॅडो र गुन्द्रुक पाँचतारे परिकार भए, अहिले मादलपनि त्यस्तै हो- प्रेमदेव गिरी
12/06/2017 Duration: 33minसुर्खेतका शान प्रेमदेव गिरी! एक सच्चा र त्यागी कलाकार जसले मादलको उत्थान र लोकप्रियतामा जीवन सुम्पिए! सुन्नुहोस संगीतका साधकसंगको कुराकानी!