Cin News

जल्दै गरेको मानिसलाई जोगाउन गर्नुपर्ने प्राथमिक उपचार के हो ? (डा शंकरमान राईसँगको कुराकानी)

Informações:

Synopsis

गत मङ्गलवार काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर ब्यस्त सडकको बीचमा इलामका प्रेमप्रसाद आचार्यले आफैलाई आगो लगाउनुभयो । उहाँको उपचारको क्रममा भोलिपल्ट मृत्यु भयो । आचार्यले सामाजिक सञ्जालमा लेखेको सन्देशका आधारमा सरकारले छानबिन प्रक्रिया अघि बढाइसकेको छ । सडकबीच प्रेमप्रसाद जलिरहँदासमेत अरु मानिसले बचाउनका लागि कुनै प्रतिक्रिया नजनाएको भिडिओमा देखिन्छ । उहाँको मृत्युका अनेक कारण हुनसक्नछन् । तर शरीरमा लागेको आगो तत्कालै निभाउन पहल नगर्नु पनि एउटा कारण पक्कै हो । यसलाई नकार्न सकिँदैन । त्यससोभए आगो लागेको मानिसलाई बढी चोट पुग्न नदिन अर्को मानिसले तत्काल केही गर्न सक्छ ? के जलेको मानिसलाई सम्भावित मृत्युबाट जोगाउन सकिँदैन ? जलनमा परेको मानिस उपचारपछि बाँचेको खबर किन सुनिँदैन ? जलेको चोट लिएर अस्पताल पुग्नुअघि प्राथमिक उपचार हुन्छ कि हुँदैन ? यस्तै प्रश्न लिएर हामिले जलनसम्बन्धी चोटको उपचारका विज्ञ प्राध्यापक डा. शंकरमान राईलाई भेट्यौँ ।